‘घुङ्ग्रु’ बन्यो 'बेस्ट डग अफ द इयर'
काठमाडाैं | कात्तिक ३, २०८२
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।
महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।
कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।
हवाई मार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताए ।
घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए ।
२०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।
२०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो ।
सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटियो ।
२०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए ।
त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

